नयाँ वर्षमा ओलीको सन्देश- मुलुक नयाँ राजनीतिक दिशामा अघि बढ्यो

एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने अभियानमा हातेमालो गर्ने सबै राजनीतिक दल र पक्षसँग आग्रह गरेका छन्।

काठमाडाैँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक नयाँ राजनीतिक दिशामा अघि बढेको बताएका छन्।

इस्वी संवत् २०२३ को उपलक्ष्यमा शुभकामना दिँदै ओलीले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका हुन्।

“एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न चाहन्छ”, उनले भनेका छन्। नयाँ वर्षमा राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने ओलीले विश्वास जनाए।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि आ–आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षसँग आग्रह गरेका छन्।