यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, बागमती, गण्डकी र कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भेगका केही स्थानमा हावाहुरीको सम्भावना छ।

त्यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशीका केही, मधेश प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।