बैठकले पदाधिकारीको संख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ।
काठमाडौँ– नेकपा एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधनको प्रस्तावमा उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने व्यवस्था उल्लेख थियो। प्रस्ताव शुक्रबार बस्ने पोलिटब्युरो बैठकमा पेस हुने र केन्द्रीय कमिटीमा लगिने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
बैठकले पदाधिकारीको संख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ। पोलिटब्युरो बैठक शुक्रबार बिहान ११ बजे बस्ने कार्यसूची छ।
उपमहासचिव ज्ञवालीका अनुसार पार्टीमा दुई किसिमका सदस्य रहनेछन्। एउटा सदस्य तथा अर्को संगठित सदस्य रहनेछन्।
केन्द्रीय कमिटी बैठक साउन ५ गते बस्ने छ। भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
