कोशी टप्पु र चितवनमा संरक्षित हात्तीले जन्माए बच्चा

काठमाडौं- पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा भदौ १२ गते कोशी टप्पु वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जमा संरक्षण गरिएका हात्तीले बच्चा जन्माएका छन्।एकै दिन दुई वटा हात्तीले एक एक बच्चा जन्माएका हुन्।कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कली नामक हात्तीले पोथी बच्चालाई जन्म दिएका छन्। हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ। दुवै आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिए।नेपालमा हाल जङ्गली रैथाने करिब २२५, भारतका विभिन्न स्थानबाट बसाइँसराइ गरेर आउने (झापा र शुक्लाफाटामा) २०० को हाराहारीमा र घरपालुवा १७८ (सरकारी १०२ र निजी ७६) वटा हात्ती छन्। घरपालुवा हात्ती कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भएको उनले बताए। चितनवमा हात्तीको प्रजनन केन्द्र सञ्चालित छ।हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो। विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावर हो। सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ । तर, बेला बेलामा हात्तीबाट हुने हानी नोक्सानी र क्षतिले गर्दा मानव–हात्ती द्वन्द्व बढ्दो छ। हात्तीले मान्छे मार्ने, घाइते बनाउने, घर गोठ …

काठमाडौं- पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा भदौ १२ गते कोशी टप्पु वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जमा संरक्षण गरिएका हात्तीले बच्चा जन्माएका छन्।



एकै दिन दुई वटा हात्तीले एक एक बच्चा जन्माएका हुन्।कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कली नामक हात्तीले पोथी बच्चालाई जन्म दिएका छन्। 



हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ। दुवै आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिए।



नेपालमा हाल जङ्गली रैथाने करिब २२५, भारतका विभिन्न स्थानबाट बसाइँसराइ गरेर आउने (झापा र शुक्लाफाटामा) २०० को हाराहारीमा र घरपालुवा १७८ (सरकारी १०२ र निजी ७६) वटा हात्ती छन्। घरपालुवा हात्ती कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भएको उनले बताए। चितनवमा हात्तीको प्रजनन केन्द्र सञ्चालित छ।



हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो। विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावर हो। 



सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ । तर, बेला बेलामा हात्तीबाट हुने हानी नोक्सानी र क्षतिले गर्दा मानव–हात्ती द्वन्द्व बढ्दो छ। हात्तीले मान्छे मार्ने, घाइते बनाउने, घर गोठ भत्काउने, बालीनाली नोक्सानी गर्ने, भण्डारण गरेको अन्न खाइदिने गर्दै आएको छ। यो समस्या न्यूनिकरणका लागि विभागले विभिन्न कार्य गर्दै पनि आएको छ।



हात्ती कै विषयमा विद्यावारिधि गर्नुभएका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार जङ्गली रैथाने हात्ती बढी पाइने स्थान बर्दिया निकुञ्ज  र त्यसपछि पर्सा राष्टिय निकुञ्ज हो। पछिल्लो समय हात्ती संरक्षणमा विभिन्न चनौती बढ्दै गएका छन्।बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेण्ट लागेर हात्ती मर्ने गरेका छन्। 



बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानव बस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी शिकारी मुख्य चुनौती भएको उनले बताए। नेपालमा हालसम्म बाघ र गैंडाको जस्तो हात्तीको गणना व्यवस्थितरुपमा नगरिएकाले यसको संरक्षण र जानकारीका लागि गणना सुरु गर्नुपर्ने उनी बताउँछन्। रासस