त्रिचन्द्र कलेज
काठमाडौँ– त्रिचन्द्र कलेजको भवन प्रवलीकरण कार्य शुरू गरिएको छ। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको कलेजको भवन पुनर्निर्माण नगरेको भन्दै विद्यार्थीहरू बारम्बार सम्बन्धित पक्षलाई दबाब दिँदै आएका थिए। त्यसलगत्तै सरकारले ४८ करोड बजेट छुट्ट्याएर २ मोडलमा निर्माण गर्ने तयारी गरेको थियो। भवन निर्माण विभागका केन्द्रीय आयोजना कार्यान्वनयन इकाई भवन तथा आवासका निर्देशक कोषनाथ अधिकारीका अनुसार कलेजको दक्षिणपट्टिको पूरै भाग क्षतिग्रस्त भएकाले पुरानै स्वरूपमा जगैदेखि नयाँ बनाइने छ। त्यस्तै, उत्तरपट्टिको जिओलोजी, मेट्रोलोजी विभाग रहेको भवन भने प्रवलीकरण गरिनेछ। अधिकारीका अनुसार एक महिनाअघि शुरू भएको प्रवलीकरण तथा पुनर्निर्माण कार्य दुई वर्षभित्र सक्नुपर्ने छ। कलेजको प्रवलीकरण र पुनर्निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागले गत साउन ३ गते ४८ करोड २० लाख ६१ हजार बराबरको लागत अनुमानसहितको योजना तयार पारेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
प्रतिक्रिया दिनुहोस !





