२०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आर्चाय, खुमबहादुर खड्कालगायत नेता भारतबाट फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ।
काठमाडौँ– कांग्रेस र उसका भ्रातृ सङ्गठनले शनिबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छन्।
२०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आर्चाय, खुमबहादुर खड्कालगायत नेता भारतबाट फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ। बीपी आफूमाथि आठ-आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर स्वदेश फर्किएका थिए।
२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले शाही ‘कु’ गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीलाई तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाका हाकिमको निवासमा पर्खालले घेरी बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि २०२५ सालमा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुगेका उनले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप गरेका थिए। राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४६ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका थिए।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै बीपी, सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि कारागारमा फर्कने गरी रिहा गरिएको थियो। यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगन्जमा लगिएको थियो। चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ।
सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र ‘जेल जर्नल’ लेखेका थिए। बीपीराजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा चिनिन्छन्।
आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदै छन्। यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ। मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
