रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।

चितवन– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्। 

शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो।” पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो।

गठबन्धनबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने महत्त्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए। उनले भने, “ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो।” 

कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।