कला

भित्तामा कला

काठमाडौँ महानगरपालिकाले ‘वाल आर्ट’मार्फत खाली भित्ताहरू रङ्गाउन शुरू गरेको छ। फोहोर फल्ने, पोस्टर ठास्ने, अनावश्यक रूपमा लेख्ने गर्दा कुरुप देखिएपछि खाली भित्तामा काठमाडौँ महानगरले विभिन्न कला संस्कृति झल्किने गरी रङ रोगन गरेको हो। शुरूआती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनका भित्तामा रङ रोगन गरिएको हो। सुन्धारापछि त्रिपुरेश्वर ओरालो, प्रदर्शनी मार्गमा रहेका भित्ता, विमानस्थल, बबरमहलमा ‘वाल आर्ट’ गरिने महानगरले जनाएको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी