कांग्रेसकाे प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

शुक्रबार बिहान भएको निर्वाचनमा उद्धव थापा १८ मतसहित दलको नेता चुनिदा केदार कार्कीले नौ र अमृत अर्यालले दुई मत पाए।

काठमाडौँ– नेपाली कांग्रेसकाे प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन्।

शुक्रबार बिहान भएको निर्वाचनबाट थापा १८ मतसहित दलको नेता चुनिएका हुन्। उनका निकटतम प्रतिस्पर्धी केदार कार्कीले नौ मत पाए। अर्का उम्मेदवार अमृत अर्यालले दुई मत पाएका छन्।

थापा कृष्ण सिटौला पक्षका नेता हुन्। कार्की संस्थापन इतर र अर्याल भने सभापति शेरबहादुर देउवा निकट हुन्।