बुटवलमा बस्दै आएको प्रदेशसभा अधिवेशन पहिलो पटक स्थायी राजधानी देउखुरीमा बस्दै छ।
बुटवल– लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते शुरू हुने भएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते दिउँसो १ बजे दोस्रो कार्यकालको पहिलो अधिवेशन डाकेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए। संविधानको धारा १८३ को उपधारा १ मा प्रदेशसभाको अधिवेशन प्रदेश प्रमुखले आव्हान गर्ने व्यवस्था छ।
बुटवलमा बस्दै आएको अधिवेशन स्थायी राजधानी दाङ, देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा बस्न लागेको हो। प्रदेशसभा सदस्यहरूको शपथ भने पुस १७ गते हुँदै छ। ८७ सदस्यीय प्रदेशसभामा एमालेबाट २९, कांग्रेसबाट २७, माओवादी केन्द्रबाट नौ, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट चार/चार, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्रका तीन/तीन जना सदस्य छन्।
यस्तै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
