देशभर चिसाे बढ्याे, सावधानी अपनाउन माैसम विभागकाे आग्रह

प्रदेश १ र सुदूरपश्चिमका हिमाली भेगमा हिमपातकाे सम्भावना छ।

काठमाडाैँ– पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर चिसाे बढेकाे छ।

चिसाेका कारण जनजीवन प्रभावित बनेकाे छ। हिमाली भेगमा हिमपात भएकाे छ। तराईमा शितलहर/बादल लागेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिहीबार दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भेगमा आंशिक देखि सामान्य बदली रही हिमाली भेगमा हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ। तराईका अधिकांश भू-भागमा  हुस्सु/बादल लाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायात प्रभावित हुने छ।

चिसाेबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागकाे अनुरोध छ।