पानी नपर्दा काठमाडौँसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ। जसका कारणले आगलागीका घटना पनि बढ्न थालेका छन्।
काठमाडौँ– लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो। पानी नपरेकै कारण प्रदूषणसमेत बढ्दै गएको बताइएको छ। केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन।
पानी नपर्दा बढेको सुक्खापनले कृषि क्षेत्रमा पनि असर पर्न थालेको बताइएको छ। मौसमविद् शान्ति कँडेलका अनुसार सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ। तर, पुस १३ सम्म पानी पर्न सकेको छैन। उनका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन।
नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुने भए पनि अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको मौसमविद् कँडेलले बताइन्।
उनले भनिन्, “यही प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात भइरहेको छ। पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बदली र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने गरेको छ। तर, पानी पार्ने गरी सक्रिय नहुँदा वर्षा हुन सकेको छैन।”
मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया काठमाडौँमा डिसेम्बर महिनामा १३.२ मिलिमिटर पानी पर्नुपर्छ। तर, यो वर्ष डिसेम्बर २८ सम्म पनि पानी पर्न सकेको छैन। पानी नपर्दा काठमाडौँसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ। जसका कारणले आगलागीका घटना पनि बढ्न थालेका छन्।
बुधबार हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। लुम्बिनी र सुदूरपश्चिमका जिल्लामा हुस्सु कुहिरो लागेको छ भने अरू ठाउँको मौसम भने सामान्यता सफा नै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
