दुई हप्ताअघि तालिबान सरकारका शिक्षामन्त्रीले महिला तथा किशोरीलाई विश्वविद्यालय जान रोक लगाउने निर्णय गरेको बताएका थिए। उक्त निर्णयको सबैतिर विरोध भइरहेको छ।
तालिबान सरकारले महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रूपमा विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले तालिबान सरकारले गरेको निर्णय तुरुन्त सच्याउनुपर्ने र उसका कारणले महिलाले अधिकार नपाउने अवस्थाको तत्कालै अन्त्य हुनुपर्ने बताएको छ।
शिक्षामा महिला–पुरुषको समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्ने भन्दै सो परिषद्ले विज्ञप्ति प्रकाशन गरेर तालिबान सरकारले गरेका ती सबै निर्णय फिर्ता गर्न भनेको छ।
दुई हप्ताअघि तालिबान सरकारका शिक्षामन्त्रीले महिला तथा किशोरीलाई विश्वविद्यालय जान रोक लगाउने निर्णय गरेको बताएका थिए। उक्त निर्णयको सबैतिर विरोध भइरहेको छ।
गत हप्ता अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर यसको विरोध गरेकी थिइन्।
सुरक्षा परिषद्को मंगलबारको विज्ञप्तिमा यस्तो निर्णय अफगानिस्तानको हितमा नभएको उल्लेख छ। त्यस्तै, अहिलेको युगमा महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुखद भएकोले सच्याएर महिलाको अधिकारको सम्मानको अवस्था बनाउन आग्रह गरिएको छ। विज्ञप्तिमा महिलाका लागि बन्द गरिएका भनिएका सबै विद्यालय विश्वविद्यालय खोल्न र महिला अधिकारका पक्षमा काम गर्न पनि भनिएको छ।
दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन शुरू भएपछि यहाँका महिलाका विभिन्न अधिकार खोसिएको छ। उनीहरूलाई सार्वजनिकस्थल र कार्यमा प्रतिबन्ध लगाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
