माधव नेपाल भर्चुअल बैठकमा, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँग सुझाव लिँदै

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे पार्टीभित्र सल्लाह तथा सुझाव लिन थालेका छन्।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सल्लाह तथा सुझाव लिन थालेका छन्।  

उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँग सुझाव लिन शुरू गरेका हुन्। 

भर्चुअल बैठकमार्फत् अध्यक्ष नेपालले सुझाव लिइरहेका हुन्। केहीबेर अघि देखि बैठक शुरू भएको छ। पार्टी कार्यालयमा अध्यक्ष नेपालसहितका नेताहरू सहभागी छन् भने अनलाइनमार्फत् उपत्यका बाहिर रहेका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू सहभागी छन्। 

सरकारमा जाने वा नजाने, नेकपा एमाले र समाजवादी मिल्नुपर्ने विषयमा भइरहेका पछिल्ला छलफललगायतका विषयमा सुझाव लिने काम भइरहेको सहभागी एक नेताले जानकारी दिए। 

बुधबार बिहान प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटमा नेपाललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीले प्रस्ताव गरेका थिए। 

जवाफमा नेपालले पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय लिने बताएका थिए। त्यसलगत्तै नेपाल छलफलमा जुटेका हुन्। 

उनका स्वकीय सचिव एवं केन्द्रीय सदस्य मोहन गौतमले अध्यक्षले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिरहेको जानकारी दिए।