अत्यधिक चिसो र हिमपातका कारण अमेरिकामा ६२ जनाको मृत्यु भएको छ।
अमेरिकामा अत्यधिक चिसो र हिमआँधीका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
न्युयोर्क राज्यको बफेलो शहरमा मात्रै २८ जनाको मृत्यु भएको छ। यस्तै, हजारौँ घरहरूमा विद्युत् आपूर्ति ठप्प भएको बीबीसीले उल्लेख गरेको छ।
बफेलो शहरमा सवारी चलाउनसमेत प्रतिबन्ध लगाइएको छ भने ट्राफिक व्यवस्थापनका लागि सुरक्षाकर्मीहरू खटाइएको छ। खराब मौसमका कारण सरकारले आपतकाल घोषणा गरेसँगै त्यहाँ लुटपाटका घटना बढेको खबर बाहिरिएको छ।
बफेलो प्रहरी आयुक्त जोसेफ ग्रागमालियाका अनुसार त्यहाँ लुटपाट रोकिएको छैन। अहिलेसम्म ४ जना पक्राउ परिसकेका छन्। उनले भने,“यिनीहरूले खाना, औषधी र अत्यावश्यक सामान चोरी गरेका होइनन्। बरु पसलहरू तोडफोड गर्ने, टेलिभिजन, सोफा जे फेला पर्यो त्यो चार्ने गरिरहेका छन्। यिनीहरू अवसरवादी हुन्।”
बेफेलो शहरका मेयर बाइरोन ब्राउनले मौसम बिस्तारै सुधार भइरहे पनि स्थिति सुधार हुन केही समय लाग्ने बताए। उनले भने, “बेफेलोमा हताहती भएका सबैको विवरण सार्वजनिक भएको छैन। हामी अधिकांश स्थानमा विद्युत् आपूर्ति सहज बनाएका छौँ र सडकबाट सवारी साधनहरू हटाएका छौँ। तर अहिले यहाँको मौसममा बिस्तारै सुधार हुँदैछ,अधिकांश स्थानमा कम हिमपात भएको छ।”
खराब मौसमका कारण मंगलबार बिहान मात्रै ४८ सय उडानहरू रद्द भएका थिए। उडान रद्द भएपछि विभिन्न विमानस्थलहरूमा हजारौँ यात्रु अलपत्र परेका थिए।
त्यस्तै, निरन्तरको हिमपातपछि मौसममा बिस्तारै सुधार हुँदै गएको मौसमविद्हरूको भनाइ छ।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
