पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन्। दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन्।
बेलबारी– बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ। यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ।
लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुन सकेको छैन। सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुने गरेको भए पनि यस वर्ष सिँचाइ हुन नसकेको बेलबारी–४ का वडाध्यक्ष चन्द्रबहादुर लिम्बू बताउँछन्। सिमसारको पानी ड्याम गरेर राख्ने हो भने किसानले धान रोप्न नपाउने भएकाले ड्याम खुला गरेर धान रोप्न पानी लगिएको अध्यक्ष लिम्बूको भनाइ छ। पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन्। दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन्।
पोखरीमा रहेको पानीको सतह घटेपछि सोही पोखरीबाट ६ पैनी हुँदै १ हजार २०० बिघा बढी खेतीमा गरिएको सिँचाइसमेत नहुँदा धानलगायत बालीनाली सुक्न थालेका छन्। किसानले लगाएको धानलगायत बालीनालीमा पानी नहुँदा बालीनाली सुक्न थालेको बेलबारी–४ का किसान हरिप्रसाद मिश्रले बताए। पोखरीमै रहेका जरुवा पानीका मूल र अन्यत्रबाट बगेर आउने पानीसमेत सुकेका छन्। लामो समयसम्म पानी नपरेपछि पानीको मुहान सुक्न थालेको जानकारहरू बताउँछन्।
पछिल्लो एक महिनायता पानी नपरेपछि सबै मूलहरू सुकेका र पोखरीमा पानीको सतह घटेपछि थप चिन्ता थपिएको बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका सहसचिव राजन प्रसाईंले बताए। समस्या समाधानका लागि पहल भइरहेको उनको भनाइ छ।
सिमसार क्षेत्रमा पानीको मात्रा सुक्दै जानुमा अधिक मात्रामा पानीको प्रयोग, संरचना निर्माण, जथभाबी रूपमा पानीको प्रयोग, खेती प्रणालीमा अधिक मात्रामा पानीको प्रयोगजस्ता मानवीय कारण हुनसक्ने सिमसार अध्येता गोविन्दप्रसाद पोखरेल बताउँछन्।
मोरङका सबै सिमसारको अध्ययन गरेका पोखरेलका अनुसार बेतना सिमसार क्षेत्रमा आसपासका जंगल तथा ससाना खोल्साबाट आउने पानी भण्डारण गरेर बनाइएको हो। पानीलाई भण्डारण गरेर आसपासका क्षेत्रमा सिँचाइका लागि प्रयोग हुँदै आएको छ। कंक्रिटका संरचना निर्माणले पानी अडिन गाह्रो हुने उनले बताए।
पछिल्ला वर्ष वर्षभरि पर्ने पानी एकै समयमा पर्ने र अन्य महिनामा सुक्खा हुँदा जमिन रसाउने र पानी भण्डारण हुने क्रम घट्दा पनि पोखरी तथा जलाशय क्षेत्रमा पानीको मात्रा कम हुने गरेको छ। यद्यपि यस विषयमा अनुसन्धान गरिनुपर्ने उनको जोड छ।
अनुसन्धानकर्ता पोखरेलले आसपास पानीका मुहान सुक्दा पनि बेतना सिमसारको जलाशय क्षेत्रको पानी घट्न सक्ने अर्को कारणका रूपमा लिन सकिने उनी बताउँछन्। पारस्थितीकीय प्रणालीको पुनर्स्थापना, पानी पुनःभरण, जलाशय क्षेत्रको सुधार, पानीको दिगो उपयोगमा जोड दिए समस्या समाधान गर्न सकिने पोखरेलले सुझाव दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
