कोशी, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको पूर्वानुमान

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षासमेत हुनेछ।