कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिमसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति, कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मधेश, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
