बिहीबार नेप्से २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा कायम भएको छ भने नौ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुगी बन्द भएको छ। नेप्सेमा वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ।
यस दिन ३१२ कम्पनीको नौ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर खरिद-बिक्री भएको छ। यसअघि बुधबार सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ बराबरको एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरिद-बिक्री भएको थियो।
आज सेन्सेटिभ इन्डेक्स ७.५५ अंक, फ्लोट इन्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.६७ अंकले बढेका छन्।
यस दिनको कारोबारमा जलविद्युत् ०.२२ र व्यापार समूहको उपसूचक ०.५३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचकमा वृद्धि देखिएको छ।
बैंकिङ ३.०२, विकास बैंक १.१२, वित्त ०.५१, होटल तथा पर्यटन ०.१४, लगानी ०.३५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, लघुवित्त १.४६, म्युचुअल फन्ड ०.८५, निर्जीवन बीमा ०.२७ र अन्य समूहको उपसूचक ०.१७ प्रतिशतले बढेको छ।
यस दिन माइखोला हाइड्रो पावरको शेयर मूल्य ६६.६२ रुपैयाँले बढेर प्रतिकित्ता ८८४.१५ रुपैयाँमा पुगेको छ। त्यस्तै, मान्डु हाइड्रोपावरको शेयर मूल्य ५९ रुपैयाँले वृद्धि हुँदै ९३१.७८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
समता घरेलु लघुवित्त र भगवती हाइड्रोको शेयर मूल्य पनि क्रमशः ५४.३६ रुपैयाँ र ६६.८५ रुपैयाँले बढ्दै ८३१.३४ र १ हजार ९१.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर कम्पनी, सानिमा बैंक लिमिटेड र सप्तकोशी विकास बैंकको शेयर सर्वाधिक कारोबार भएका छन्।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सर्वाधिक ९.९२ प्रतिशतले घटेर २३४०.४० रुपैयाँ प्रतिकित्तामा अन्तिम कारोबार भएको छ। राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य ६.४७ प्रतिशतले घटेर ३५७.६८ रुपैयाँमा र सिन्धु विकास बैंकको शेयर मूल्य ४.३९ प्रतिशतले घट्दै प्रति कित्ता ८८२.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
