कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने पूर्वानुमान

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुनेछ। 

राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, बागमती  र गण्डकीका केही र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।