मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मलेसिया ४३.१ ओभरमा ९० रन बनाउँदै अलआउट भएको हो। 

काठमाडौँ– मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन कपको सेमिफाइनलमा मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ। 

क्वालालम्पुरस्थित सेलेंगर टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मलेसिया ४३.१ ओभरमा ९० रन बनाउँदै अलआउट भएको हो। 

मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन जोडे। नेपालमा  अभय यादवले ४ तथा सुभम खनालले ३ विकेट लिए। विपिन शर्मा र सचिन भट्टका नाममा १ विकेट रह्यो।