संविधानसभा सदस्य रामअयोध्या यादवको निधन

मधुमेह रोगबाट पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको छ।

रौतहट– संविधानसभा सदस्य रामअयोध्या यादवको ७२ वर्षको उमेरमा निधन भएको छ।

मधुमेह रोगबाट पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको यादवका छोरा डा. जितेन्द्र यादवले बताए। यादवको अन्तिम संस्कार बुधबार दिउँसो १ बजे कबही गाउँमा गरिनेछ। 

बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ निवासी यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन्। २०७० सालको दोस्रो संविधानसभामा बारा–१ मा कांग्रेसबाट निर्वाचित भएका थिए।