जितका लागि ३५९ रनको लक्ष्य पाएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० बनायो। अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो।
काठमाडौँ– मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९५ रनले हराएको छ।
जितका लागि ३५९ रनको लक्ष्य पाएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० बनायो। अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो।
भुटानका छेजाङ दावाले १४ तथा केल्जाङ छोफेल १० रनमा आउट भए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका कप्तान विपिन शर्माले ४, सचिन भट्टले २ तथा सुयोग भट्टराईले १ विकेट लिए।
त्यसअघि क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालका रौनक श्रीवास्तवले सर्वाधिक १६८ रन बनाए। १३२ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरे।
जोय थापाले ६१, सिवान्श बजगाईंले ५४ तथा सुगम बुढाथोकीले ३५ रनको योगदान दिए। भुटानमा संगय दोर्जीले ३ विकेट लिए।
नेपालले यसअघि खेलेका तीनवटै खेल जितेको छ। पहिलो खेलमा सिंगापुरलाई ६ तथा दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको जित दर्ता गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
