कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकेखि साधारणतया बदली रहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकेखि साधारणतया बदली रहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ।

पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

राति देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशीको एक-दुई स्थानमा भारी वर्षासमेत हुने महाशाखाले जनाएको छ।