युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसी कब्जामा रहेको जेल भ्रमण गर्ने विषयमा रेडक्रस निस्क्रिय बनेको आरोप लगाएका छन्।
युक्रेनी अधिकारीहरूले रेडक्रसलाई रुसी कब्जामा रहेको पूर्वी क्षेत्रको ओलेनिभ्का जेलको भ्रमण गर्न आग्रह गरेका छन्। युक्रेनी राष्ट्रपतिका कर्मचारी प्रमुख एन्ड्रिय येरमाकले रेडक्रसलाई दोनेत्स्कस्थित ओलेनिभ्का जेलमा जतिसक्दो चाडो भ्रमणमा जान आग्रह गरेका हुन्। ‘मानिसको जीवन दाउमा लागेको छ, हामीले थप समय बर्वाद गर्नुहुँदैन’, येरमाकले रेडक्रसलाई आग्रह गरेका छन्। आगामी सोमबारसम्ममा सो जेलमा अनुसन्धानका लागि जानुपर्नेमा येरमाकको जोड छ।
“ओलेनिभ्कासहित युद्धका कैदीबन्दीहरू राखिएका सबै स्थानमा जानका लागि रेडक्रसको टोली महिनौँदेखि नै तयार छ,” शुक्रबार जारी एक विज्ञप्तिमा इन्टरनेशनल कमिटी अफ रेडक्रस (आइसीआरसी) ले भनेको छ। तर त्यस क्षेत्रमा जान आधिकारीक अनुमतिका अलावा व्यवहारिक तयारीको आवश्यकता पर्ने भएकाले चनाखो हुनुपर्ने रेडक्रसको भनाइ छ।
गत महिना सो जेलको भ्रमण गर्न चाहेपनि रुसी अधिकारीहरूले रोक लगाएको रेडक्रसले बताएको छ। जेलसम्म पुग्ने सबै बन्दोबस्ती युक्रेनले नै गर्ने भनिएपनि रेडक्रसले किन त्यहाँ जाने व्यवस्था मिलाउन सकेन भनेर युक्रेनी अधिकारीले गुनासो गरेका छन्।
ओलेनिभ्का जेल सन् २०१४ देखि नै रुसको नियन्त्रणमा छ। सो जेलमा रहेका कैदीको अवस्था दयनीय रहेको भन्दै सो क्षेत्रमा रेडक्रसलाई प्रवेश दिइनुपर्नेमा युक्रेनले जोड दिँदै आएको छ।
यस्तै, गत जुलाईमा दोनेत्स्कस्थित सो जेलमा विस्फोट हुँदा दर्जनौँ कैदीबन्दी मारिएका थिए। सो विस्फोटका लागि रुस र युक्रेनले एक अर्कालाई आरोप लगाएका थिए। कैदीबन्दीमाथि रुसले गरेको ज्यादती र हत्याको प्रमाण लुकाउन रुसले नै विस्फोट गराएको युक्रेनको आरोप थियो। मस्कोले भने युक्रेनले रकेट बम प्रहार गरि विस्फोट गराएको आरोप लगाएको थियो। निश्पक्ष अनुसन्धानबिना नै दुवै पक्षबीच आरोप प्रत्यारोप भएपनि सत्यतथ्य बाहिर आएको छैन।
पछि अजोभ बटालियनका सदस्यहरुसहित थुप्रै मानिसलाई रुसले नियन्त्रणमा लिएको थियो। उनीहरू नै मारियोपोल शहरको रक्षा गर्ने अन्तिम मानिसहरू थिए जसलाई रुसले ‘नियो नाजी’ र युद्ध अपराधीका रुपमा चित्रण गर्ने गरेको छ।
रुस–युक्रेन युद्ध शुरू भएयता युक्रेनले जेलमा भइरहेको घटनाको अनुसन्धानका लागि अन्तर्राष्ट्रिय संगठनहरूलाई दबाव दिएको यो पहिलो पटक भने होइन। युक्रेनले यसअघि पनि रुसले कब्जा गरेको जेलका कैदीबन्दीबारे चिन्ता र चासो व्यक्त गर्दै मानव अधिकारवादी निकायको ध्यानाकर्षण गराउँदै आएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रेडक्रसलाई जेलको भ्रमणका लागि गरिएको आग्रह नैतिक प्रकृतिको भएपनि रेडक्रस निस्क्रिय बनेको आरोपसमेत लगाएका छन्। उनले भनेका छन्, “रेडक्रस तलब सुविधा भोग गर्ने कुनै क्लबजस्तो होइन।”
यता, रेडक्रसले ओलेनिभ्का जेलको भ्रमण गर्ने विषयमा मे महिनादेखि नै रुसी अधिकारीहरूसँग आग्रह गर्दै आएपनि रुसले भ्रमण अनुमति अस्वीकार गरिरहेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
