नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो। नेपालका कप्तान विपिन शर्माले ६ विकेट लिए।
काठमाडौँ– मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटमा नेपालले इन्डोनेसियालाई ३७० रनले पराजित गरेको छ।
क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ५० रन बनाउँदै २४.३ ओभरमा अलआउट भयो।
नेपालका कप्तान विपिन शर्माले ६ विकेट लिए। शुभम खनाल र सुगम बुढाथोकीका नाममा समान १ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले प्रसिद्ध जैसीको शतकमा ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेको थियो।
जैसीले ११४ बलमा १५ चौका र १ छक्काको मद्दतमा १३२ रनको शानदार शतकीय पारी खेले। रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए।
परिमार्जन यादवले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रन बनाए। जोय थापाले ४१ बलमा ५७ रन बनाए।
इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ तथा काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले समान १ विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
