परम्परागत बालीका खाद्यान्नको माग बढ्दो भए पनि किसान भने विकासे खेती लगाउने गरेको पाइन्छ। उत्पादन कम भएपछि किसान खेती फेर्नतर्फ लागेका छन्।
मनाङ– मनाङको तल्लो क्षेत्रका किसान खेती भित्र्याउन व्यस्त छन्। माथिल्लो भेगमा भने लगाउने कार्य भइरहेको छ। यहाँ प्रायः आलु, गहुँ, फापर, करु, उवा, कोलु बोडी जस्ता परम्परागत बाली लगाउने गरिन्छ। जिल्ला ती खाद्यान्नमा आत्मनिर्भर बनेको छ।
किसान ताचै, तिल्चे, थानचोक, चामे, तिमाङ, नाचै, ओडारलगायत क्षेत्रमा खेती भित्र्याउन व्यस्त छन्। कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा खेती लगाउने समय भएको छ। यहाँ दिनानुदिन वातावरणमा आएको परिवर्तनले परम्परागत बाली भने हराउन थालेको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए। अनुकूल वातावरणको अभावले पनि खेतीबाली फेरिन थालेको उनको भनाइ छ।
जलवायुको प्रत्यक्ष प्रभाव देखिँदै गएकाले खेती गर्ने समय पनि परिवर्तन हुँदै गएको छ। यसका साथै परम्परागत बालीको उत्पादनमा ह्रास आउन थालेपछि विकासे (हाइब्रिड) खेतीपातीतर्फ किसान आकर्षित हुन थालेको पाइन्छ। तर, परम्परागत बालीको उत्पादकत्वका आधारमा किसान सचेत हुँदै कृषिमा आकर्षित भएका पाइन्छ। विगत चार वर्षको तथ्यांक हेर्ने हो भने अन्य परम्परागत बालीको तुलनामा स्थानीय प्रजातिको आलुखेतीमा वृद्धि भएको पाइन्छ। कोभिड तथा बाढीपहिरोको विपद्को वर्षबाहेक अन्य वर्षमा उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ।
मनाङको तल्लो भेगमा अन्य बाली जस्तै मकै, आलु, करु, गहुँ, जौ, फापर, कोलु बोडीलगायतको खेती गरिन्छ। गोलभेँडा, काउली, फर्सी, प्याज, लसुन, साग, मुला, गाँजरलगायत तरकारी पनि उत्पादन हुन्छ। “यहाँ चामल, कोदोबाहेक अन्य खेती गरिन्छ र खपत पनि यहीँ हुन्छ,” उनले भने।
यहाँ उत्पादित वस्तुले बजार नपाउला भन्ने समस्या छैन। हिमाली जिल्ला भएकाले यहाँ जलवायु परिवर्तनको असर यहाँका स्थानीयले भोगिरहेको उनले बताए। “हिउँको भरमा सिँचाइ हुने यस क्षेत्रमा हिउँ पर्न छाडेको छ, कहिलेकहीँ बेसिजनमा हिउँ पर्छ,” उनले भने, “यसको असर प्रत्यक्ष खेतीपातीमा पर्न गएको छ। सिँचाइको अभावले खेती परिवर्तन हुने अवस्था सिर्जना हुने त्रास छ।”
जलवायु परिवर्तनले खेती फेर्नुपर्ने अवस्था देखिएको ज्ञान केन्द्रको अध्ययनले देखाउँछ। विगतमा नहुने खेती र यहाँको तापक्रम वृद्धिले असर पारेको खेतीबालीमा देखिएको छ। परम्परागत बालीका खाद्यान्नको माग बढ्दो भए पनि किसान भने विकासे खेती लगाउने गरेको पाइन्छ। उत्पादन कम भएपछि किसान खेती फेर्नतर्फ लागेको पाइएको छ।
कार्यालयको तथ्यांकका आधारमा उत्पादन कम हुने हुँदा परम्परागत बाली खेतीतर्फ आकर्षण घट्दै गएको देखिन्छ। जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै गएको पाइएको प्रमुख रेग्मीले बताए। परम्परागत खेतीतर्फ किसान आकर्षित छन्। उत्पादन यहीँ खपत हुन्छ। तर, व्यवसाय परिवर्तनले प्रभाव पारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
