बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

बझाङकाे छविसपाथीभेरामा ट्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएकाे छ।

बझाङ– छविसपाथीभेरा गाउँपालिका–५ थलारामा  ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ। 

से २ त २३४३ नम्बरको ट्याक्टर दुर्घटनामा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको घटनास्थलमै ज्यान गएको हाे। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार ट्याक्टर सडकमा पल्टिएकाे थियाे।  

झोलुङ्गे पुलको सामान लिएर जाने क्रममा उकालो सडकमा पल्टिएर दुर्घटना भएको उनले बताए।