पोखरामा पुष १३ देखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँने

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा २५ जिल्लाका ३०० खेलाडी सहभागी हुने बताइएकाे छ।

फाइल तस्वीर

पोखरा– पाेखरामा पुष १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन संघकाे सञ्चालन तथा व्यवस्थापनमा प्रतियाेगिता हुन लागेकाे हाे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेल विकासको लक्ष्यसहित १२ इभेन्टमा प्रतिस्पर्धा हुनेछ।

संघका अध्यक्ष सुशिलकुमार श्रेष्ठका अनुसार काठमाडौँ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाहीलगायत २५ जिल्लाबाट ३०० बढी खेलाडी सहभागी हुँदैछन्। प्रतियोगिताको खुला पुरुष, एकल तथा डबलतर्फका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउँनेछन्। सोही इभेन्टमा द्वितीय हुनेलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

यस्तै महिला एकल तथा डबल, मिक्स डवल, ३५ बर्ष माथिको डबल, ४५ बर्ष माथि डबल पुरुष र ५५ बर्ष  माथि डबल पुरुषतर्फका विजेताले जनही ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार रुपैयाँसहि‍त मेडल र प्रमाणपत्र पाउँनेछन्। खेल पाेखरा रंगशालामा हुने अध्यक्ष श्रेष्ठले बताए।