प्रदेश १ र गण्डकीमा हिमपातकाे सम्भावना

बिहान तराईका विभिन्न क्षेत्रमा हुस्सु लाग्ने र हिमाली भेगमा हिमपातकाे सम्भावना रहकाे हुँदा देशभर नै चिसाे बढ्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

काठमाडाैँ– हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बिहान सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो तराईकाे हुस्सु क्रमश: घट्दै जाने तथा प्रदेश १ र गण्डकीका हिमाली भेगमा हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। यसैगरी राती देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रकाे मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ को हिमाली भेगमा हिमपातको सम्भावनासमेत छ।