भारतको उत्तराखण्डमा नेपालीलाई बन्धक बनाएर राख्ने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन्।
सुदूरपश्चिम– भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रदेशसभाको शुक्रबारको बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद मानबहादुर धामीले रोजगारी दिने बहानामा रकम असुली गरी अपहरण गरेर बन्धक बनाइएका ५८ जना नेपालीको यही असार ११ गते कञ्चनपुरको गड्डाचौकी सीमानाकाबाट उद्धार गरिएको घटनालाई गम्भीर रूपमा लिन ध्यानाकर्षण गराए।
भारतस्थित नेपाली राजदूतावास, किन इन्डिया, स्थानीय प्रशासन, शुभ अवसरग्राम नेपाल नामको संस्थाको संयुक्त पहलमा बन्धक बनाइएका नेपालीको उद्धार भएको जानकारीमा आएको धामीले बताए।
सत्तापक्ष नेकपा एमाले सांसद जानकी ऐरबमले सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न धनगढीमा आयोजित समारोहमा मर्यादाक्रम विपरीत प्रदेशसभा सदस्यलाई प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षभन्दा पछाडिको सिटमा आसनग्रहण गराएर प्रदेशसभा र सुदूरपश्चिम प्रदेशवासीमाथि नै अपमानित गर्ने काम भएको भन्दै सरकारको तत्काल जवाफ माग गरिन्।
शुक्रबारको बैठकले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ। उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभाका सदस्य अक्कलबहादुर रावल, विक्रमसिंह धामी र चक्रबहादुर मल्लले भाग लिएका थिए।
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हीरा सार्कीले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
