यस्तो रहनेछ शुक्रबारको मौसम

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभाग तथा मधेशमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्नेछ।