पीएसजी क्लब विश्वकपको नकआउट चरणमा

पीएसजीले अमेरीकी टोली सिएटल साउन्डर्सलाई २-० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। पीएसजीको जितमा कवा-रात्स-खेलिया र अच्राफ हाकिमीले गोल गरे।

काठमाडौँ– युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

सोमबार राति पीएसजीले अमेरीकी टोली सिएटल साउन्डर्सलाई २-० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। 

पीएसजीको जितमा कवा-रात्स-खेलिया र अच्राफ हाकिमीले गोल गरे। पीएसजी तीन खेलमा ६ अंकसहित समूह बीको विजेता हुँदै अघिल्लो चरणमा पुगेको हो। पीएसजीले अब आइतबार समूह एको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।