कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभावले दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

देशका अधिकांश स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।