अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदम अपनाउँदै समयमै सैनिक र कर्मचारीको सुरक्षित स्थानान्तरण गरिएको थियो। यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत नभएको जनाइएको छ।
इरानले सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको छ। उक्त आक्रमण अमेरिकाद्वारा इरानका आणविक केन्द्रमा गरिएको बमबारीको बदला स्वरूप भएको जनाइएको छ।
तर, ती मिसाललाई समयमै खसाल्न सफल भएको र मानवीय क्षति नभएको कतारको सुरक्षा संयन्त्रले जनाएको छ। कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भनेका छन्।
यसले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्किन उनले आग्रहसमेत गरेका छन्। उनका अनुसार, अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदम अपनाउँदै समयमै सैनिक र कर्मचारीको सुरक्षित स्थानान्तरण गरिएको थियो। यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण नभएको पुष्टि गरिएको छ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले यस मिसाइल अभियानको जिम्मेवारी लिँदै उक्त कार्यलाई ‘अभिनन्दनको विजय’ भनेको छ। उनीहरूले इराक र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरिएको बताएका छन्। आईआरजीसीले अल उदीद अड्डालाई ‘पश्चिम एशियामा अमेरिकी वायुसेनाको मुख्य केन्द्र’का रूपमा उल्लेख गरेको छ।
इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ।
यसबीच, खाडी क्षेत्रका विभिन्न मुलुकहरूले सुरक्षाको दृष्टिले हवाई मार्ग अस्थायी रूपमा बन्द गरेका छन्। कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन्।
कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौँ सैनिक तैनाथ छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
