हमास लडाकु समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि इजरायली सेनाले गाजाबाट तीन जना बन्धकको शव फेला पारेको छ।
हमास लडाकु समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि इजरायली सेनाले गाजाबाट तीन जना बन्धकको शव फेला पारेको आइतबार जनाएको छ।
गाजा पट्टीबाट एउटा विशेष अपरेसनमा बन्धक बनाइएका ओफ्रा केइडार, योनातान सामेरानो र स्टाफ सार्जेन्ट शाय लेभिन्सनको शव फेला परेको सेनाले जनाएको छ। सन् २०२३ को अक्टोबर ७ मा अपहरण गरी बन्धक बनाइएका आफ्ना छोरासहित उनीहरूको शव इजरायली सेनाले गाजाबाट नियन्त्रणमा लिएको मृतकमध्ये एकका पिताले बताए।
तीन सन्तानकी आमा ७१ वर्षीया केइडारलाई पनि अपहरण गरिएको थियो भने अक्टोबर ७ को बिहान हमाससँग प्रतिकार गर्ने क्रममा बन्धक बनाइएका १९ वर्षीय ट्यांक कमान्डर लेभिन्सनको पनि मृत्यु भएको अवस्थामा भेटिएका छन्।
सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएको एएफपीले जनाएको छ। आक्रमणका क्रममा पक्राउ परेका २५१ बन्धकमध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ। उक्त आक्रणमा इजरायलमा कार्यरत दश जना नेपाली कृषिका विद्यार्थीले पनि ज्यान गुमाएका थिए भने विपिन जोशी अझै सम्पर्कविहीन छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा कम्तीमा ५५ हजार ९०८ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघले यी आँकडालाई भरपर्दो मानेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
