काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्।
काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई साढे ९ करोड घुस लिएको र १३ करोडभन्दा बढीको सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा शुक्रबार दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र पद्मा कोलोनी प्रालिका अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध २०८१ पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगका अनुसार, बस्नेतले मेयरको पदको दुरुपयोग गरी पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालकसमेत रहेका कँडेलसँग ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको पुष्टि भएको छ।
अदालतले कँडेललाई पनि घुस रिसवतमा दोषी ठहर गरेको छ, तर बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।
"बस्नेत र कँडेल दुवै जना घुस रिसवतमा दोषी ठहर भएका छन्। यस्तै, सम्पत्ति सुद्धीकरणमा बस्नेत मात्र दोषी ठहर भए भने उर्मिलाले दुवै मुद्दामा सफाइ पाएकी छन्," उनले भने। उनका अनुसार सजाय निर्धारणका लागि भने असार १६ गते पेसी तोकिएको छ।
बस्नेतले घुस लिएको रकम श्रीमतीसँगको मिलेमतोमा ऋण भुक्तानी, घर निर्माण र अन्य व्यक्तिलाई भुक्तानी गरेर सम्पत्तिको गैरकानूनी स्रोत लुकाएको र १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको आयोगको दाबी थियो। साथै, नगरपालिकाभित्र मन्दिर निर्माणको नाममा कँडेलको कम्पनीलाई विभिन्न जग्गा उपलब्ध गराउन सम्झौता गरेको र जग्गाधनीलाई गलतफहमीमा पारेर बस्नेतले ३ करोड ७२ हजार भुक्तानी गरेको पनि आयोगको ठहर थियो।
अख्तियारले बस्नेतविरुद्ध पुस १४ गते अदालतमा मुद्दा दायर गरेयता उनी निलम्बित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
