नेपाललाई जितका लागि १७५ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। 

काठमाडौँ– स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु जितका लागि १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

स्कटल्यान्डको ग्लासगोमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। 

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रन बनाए। उनले ५३ बलमा ६ चौका र ५ छक्का हाने। त्यस्तै, रोइलेफ भान डर मिर्वेले २१ बलमा ३६ रन बनाए। आर्यान दत्तले अविजित १७ रन तथा सकिव जुल्फिकरले ११ बलमा १४ रन जोडे।

बलिङतर्फ नेपालका लागि करण केसीले २ तथा सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले १/१ लिए। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।