स्कटल्यान्डविरुद्ध ९८ रनको लक्ष्य पछ्याउँदै नेपाल

घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ९८ रनको लक्ष्य दिएको छ।

काठमाडौँ– त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत मंगलबार जारी खेलमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ९८ रनको लक्ष्य दिएको छ।

स्कटल्यान्डको टिटउट रंगशालामा भएको खेलमा स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो।

स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने। त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए।

केसीले यही खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे। करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन्।

यसअघि सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट १०० विकेट लिएका थिए। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।