विश्व बैंकले मंलगबार सार्बजनिक गरेको नयाँ प्रतिवेदनले काठमाडौँ उपत्यका र तराईको वायु प्रदूषण प्रमुख रूपमा चिन्ताजनक अवस्थामा रहेको उल्लेख गरेको छ।
काठमाडौँ– नेपालमा वायु प्रदूषण मृत्यु र अपांगताको प्रमुख कारण बनेको विश्व बैंकले जनाएको छ।
विश्व बैंकले मंलगबार सार्बजनिक गरेको नयाँ प्रतिवेदनले काठमाडौँ उपत्यका र तराईको वायु प्रदूषण प्रमुख रूपमा चिन्ताजनक अवस्थामा रहेको उल्लेख गरेको हो।
‘टुवार्ड्स क्लिन एअर इन नेपाल: बेनिफिट्स, पोलुसन सोर्स एन्ड सोलुसन’ नामक प्रतिवेदनमा विगत एक दशकमा यसमा कुनै उल्लेखनीय सुधार नभएको बताइएको छ। वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाएको र वार्षिक रूपमा लगभग २६ हजार अकाल मृत्यु भइरहेको उल्लेख छ।
वायु प्रदूषणले स्वास्थ्यको अतिरिक्त श्रम उत्पादकता, पर्यटन र उड्डयन क्षेत्रमा समेत प्रतिकूल असर गरेको जनाइएको छ। यसले गर्दा नेपालले वार्षिक रूपमा आफ्नो जीडीपीको ६ प्रतिशतभन्दा बढी आर्थिक क्षति भोगिरहेको प्रतिवेदनमा उल्लेख छ।
विश्व बैंकले वायु प्रदूषणको समस्यालाई समाधान गर्नका लागि बहु-क्षेत्रीय र बहु-आयामिक समन्वय अपरिहार्य रहेको जनाएको छ। सवारी प्रदूषण न्यूनीकरण, उद्योगजन्य उत्सर्जन नियन्त्रण, घरायसी खाना पकाउने माध्यम सुधार, वन डढेलो नियन्त्रण, र सीमापार प्रदूषण नियन्त्रणमा ध्यान दिन पनि सुझाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
