त्रिदेशीय टी–२० शृंखलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने

नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। यो खेल नेपाली समयानुसार आज साँझ ७ः४५ बजे शुरू हुनेछ।

काठमाडौँ– स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२० सिरिजको खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ। नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। यो खेल नेपाली समयानुसार आज साँझ ७ः४५ बजे शुरू हुनेछ।

नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृंखला खेल्नेछ। टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ। सोमपाल कामी र गुलसन झा अभ्यासको क्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रूपेश सिंहले अवसर पाएका छन्।

प्रतिगोगिता आइतबारदेखि शुरू भएको हो। सिरिजको उद्घाटन खेलमा हिजो आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो।