रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन गठबन्धन सहमत, मन्त्रालय टुंगिन बाँकी

सत्ता गठबन्धन रवि लामिछानेलाई उपप्रधानमन्त्री दिन सहमत भएको छ।

काठमाडौँ- एमाले, माओवादीसहितको सत्ता गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री दिन सहमत भएको छ। 

सोमबार बसेको गठबन्धनको बैठकमा यसबारे सहमति जुटेको बैठकमा सहभागी एक नेताले उकालोलाई बताए। 

लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय मागेका छन्। तर, मन्त्रालय कुन भन्ने टुंगो लागिसकेको छैन।