यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, बागमती, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– कोशी, मधेश, बागमती, गण्डकीका केही र लुम्बिनीका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, बागमती, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी प्रदेशका केही स्थानमा भने भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभागमा भने भारी वर्षा हुनेछ। 

राति कोशी, मधेश, बागमती र गण्डकीका धेरै, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।