कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– कोशी, मधेश, बागमती र गण्डकीका केही तथा लुम्बिनीको पूर्वीक्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भेगमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव पनि रहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। 

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशीको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।