यसअघि पनि सन् १९८८ अक्टोबर १९ मा अहमदाबादमै इन्डियन एअरलाइन्सको बोइङ ७३७-२०० मोडलको विमान दुर्घटना हुँदा १३३ यात्रुले ज्यान गुमाएका थिए।
काठमाडौँ– गुजरातको अहमदाबादमा बिहीबार दिउँसो एअर इन्डियाको विमान दुर्घटना भएको छ।
भारतीय सञ्चार माध्यमले शेयर गरेका भिडियोमा दुर्घटनास्थलबाट आकाशमा कालो धुवाँ उडिरहेको देखिएको छ। दुर्घटनालगत्तै दमकल, एम्बुलेन्ससहित उद्धार टोली घटनास्थलमा पुगेका छन्। आगो निभाउने प्रयास भइरहेको छ।
इन्डिया टुडेका अनुसार अहमदाबादबाट लन्डन जाँदै गरेको एआई–१७१ विमान उडान भरेको केही समयमै मेघानीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो। विमानस्थलबाट मेघानीनगरको दूरी लगभग १५ किलोमिटर रहेको बताइएको छ। विमानमा चालकदलका १२ सदस्यसहित २४२ यात्रु रहेको समाचारमा उल्लेख छ। दुर्घटनाग्रस्त विमान बोइङको ७८७ ड्रीमलाइनर भएको बताइएको छ, जुन ११ वर्ष पुरानो थियो।
एअर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनाको पुष्टि गरेको छ। थप विवरण आउन बाँकी छ।
यसअघि पनि सन् १९८८ अक्टोबर १९ मा अहमदाबादमै इन्डियन एअरलाइन्सको बोइङ ७३७-२०० मोडलको विमान दुर्घटना हुँदा १३३ यात्रुले ज्यान गुमाएका थिए। मुम्बईबाट अहमदाबाद गइरहेको विमान विमानस्थलभन्दा १० किलोमिटर वरै दुर्घटनाग्रस्त भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
