देशभर आंशिदेखि साधारणतया बदली रहने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिदेखि साधारणतया बदली रहने छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– देशको पश्चिम र मध्यभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिदेखि साधारणतया बदली रहने छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ।

त्यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।