अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो।
काठमाडौँ– एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ।
न्यु लाओस राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोल अन्तरले पराजित भएको हो। अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो।
लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान १/१ गोल गरे। नेपालविरुद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो। लाओसका लागि दामोथले गोल गरे। त्यसपछि खेलको दोस्रो हाफ शुरू भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो। लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए।
खेलमा २–० गोलले पछि परेको नेपालले खेलको ७१औँ मिनेटमा एक गोल फर्कायो। नेपालका मनीष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र खेलको ७१औँ मिनेटमा फाउल हाने। त्यसपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गर्यो। सोही पेनाल्टीलाई सदुपयोग गर्दै मनीषले गोल गरे।
त्यसपछि खेलमा गोल हुन सकेनन् र अन्ततः लाओसले नेपालमाथि २–१ गोलको ऐतिहासिक जित दर्ता गर्यो। यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो। दुई खेलको समाप्तिमा नेपालले अंकको खाता खोल्न सकेको छैन।
यसैगरी नेपाल र लाओस यसअघि ६ पटक आमनेसामने भएका थिए। जसमा नेपालले चार खेलमा लाओसलाई हराउँदा दुई खेल बराबरीमा सकिएका थिए।
नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन्। प्रतियोगितामा समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९औँ एसियन कप फुटबल प्रतियोगितामा भाग लिन पाउने छन्। नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
