पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशीका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र लुम्बिनीसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

यसैगरी, राति कोशी, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम र बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।