इजरायलले मानवीय सहायता सामग्री लिएर गाजा जाँदै गरेको जहाजलाई रोक्न सेनालाई आदेश दिएको छ। जहाजमा स्विडेनकी प्रख्यात जलवायु अभियन्ता ग्रेटा थनबर्गसहितका व्यक्ति सवार छन्।
काठमाडौँ– इजरायलले मानवीय सहायता सामग्री लिएर गाजा पट्टी जाँदै गरेको एउटा जहाजलाई रोक्न आफ्नो सेनालाई आदेश दिएको छ। ‘फ्रिडम फ्लोटिला’ नामक अभियानको ‘माडलिन’ जहाजमा स्विडेनकी प्रख्यात जलवायु अभियन्ता ग्रेटा थनबर्गसहितका व्यक्ति सवार छन्।
इजरायली रक्षामन्त्री इस्राएल काट्जले आइतबार एक विज्ञप्ति निकाल्दै गाजाको समुद्री क्षेत्रमा उक्त जहाजलाई प्रवेश गर्न नदिन सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएको बताएका छन्। “मैले सेनालाई माडलिन जहाजलाई गाजा पुग्नबाट रोक्न निर्देशन दिएको छु,” अभियानका सहभागीप्रति गम्भीर टिप्पणी गर्दै उनले भने, “गाजातर्फको यात्रा रोक्नुहोस्, तपाईंहरूलाई त्यहाँ पुग्न दिइने छैन।”
यो जहाज जुन ६ मा इटालीको सिसिलीबाट गाजातर्फ प्रस्थान गरेको थियो। 'स्वतन्त्र राहत अभियान समूह'ले सञ्चालन गरेको यस अभियानको मुख्य उद्देश्य गाजामा लामो समयदेखि इजरायलले लगाएको समुद्री नाकाबन्दीको शान्तिपूर्ण विरोध गर्नु र त्यहाँका बासिन्दालाई अत्यावश्यक राहत पुर्याउनु हो। जहाजमा जर्मनी, फ्रान्स, ब्राजिल, टर्की, स्विडेन, स्पेन र नेदरल्यान्ड्सका नागरिक सहभागी छन्।
प्यालेस्टिनी समर्थक ‘फ्रिडम फ्लोटिला गठबन्धन’ (एफएफसी) द्वारा सञ्चालित यो जहाज हाल इजिप्टको जलक्षेत्र पार गर्दै इजरायलले घेरा हालेको गाजा पट्टीको नजिक पुगेको बताइएको छ। गाजामा जारी द्वन्द्व २१ औँ महिनामा प्रवेश गरेको छ, जसका कारण त्यहाँ गम्भीर मानवीय संकट उत्पन्न भएको छ।
रक्षामन्त्री काट्जले नाकाबन्दी तोड्ने कुनै पनि प्रयासलाई स्वीकार नगरिने बताएका छन्। “यस्ता प्रयासबाट हमास जस्ता आतंककारी समूहसम्म हतियार पुग्न सक्ने खतरा हुन्छ,” उनले भने, “इजरायल आफ्नो सुरक्षा कायम राख्न प्रतिबद्ध छ।”
यो अभियान समूहले यसअघि मे महिनामा पनि गाजा जाने प्रयास गरेको थियो। तर उनीहरूको एउटा जहाजमाथि अन्तर्राष्ट्रिय जलक्षेत्रमा ड्रोन हमला भएपछि उक्त प्रयास रोकिएको थियो। अभियानकर्ताहरूले उक्त हमला इजरायलले गराएको आरोप लगाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
