कोलम्बियामा राष्ट्रपतिका उम्मेद्वारमाथि गोली प्रहार

वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको निन्दा गरेको छ।

कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार मिगुएल उराइबमाथि गोली प्रहार भएको छ। 

शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा भाषण गरिरहेका बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो। गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको महान्यायाधिवक्ता लुज एड्रियाना कामार्गोले बताइन्। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सन्दिग्ध बन्दुकधारी एक किशोरलाई पक्राउ गरिएको छ।

वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको निन्दा गरेको छ।

पेट्रोका कडा आलोचक उराइब डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन्। उनले गत अक्टोबरमा सन् २०२६ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका थिए।(रासस/एएफपी)